सोमबार, श्रावण २६, २०७७
www.samsararemit.com

सांसद यादवलाई कोरोना भारइसको संक्रमणः देशभर जोखिम बढ्यो

सांसद प्रदीप यादवलाई कोरोना भारइसको संक्रमण पुष्टि भएको छ । यादव जनता समाजवादी पार्टीका सांसद हुन् । भारइसको संक्रमण पुष्टि भएको उनले  फेसबुकमा जानकारी गराएका छन् ।

‘मैले आफ्नो पिसिआर परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको जानकारी गराउन चाहन्छु । मेरो स्वास्थ्यमा भने कुनै समस्या देखिएको छैन । म आफ्नै घरमा आइसोलेसनमा बसिरहेको छु,’ उनले फेसबुकमा लेखेका छन् ।

उनले अरूलाई पनि जोखिमलाई ध्यानमा राख्दै मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम गर्न सुझाएका छन् । साथै उनले आफू छिट्टै निको हुने र फेरी जनताको काममा फर्किने जनाएका छन् ।

वीरगन्ज महानगरपालिकाका मेयर विजय सरवागीलाई पनि बिहीबार बिहान संक्रमण पुष्टि भएको थियो । उनी पनि काठमाडौंस्थित आफ्नो निवासमा आइसोलेसनमा बसिरहेका छन् । उनको मेडिसिटी अस्पतालमा परीक्षण गर्दा संक्रमण पोजेटिभ देखिएको थियो । मेयर सरवागी गत सोमबार एक कार्यक्रममा सहभागी हुन वीरगन्जबाट काठमाडौं आएका थिए ।

कृपया तपाईंको टिप्पणी र समीक्षा पोस्ट गर्नुहोस

तपाइँको इमेल ठेगाना प्रकाशित गरिनेछैन।

*

फेसबुकबाट तपाईको प्रतिक्रिया