सोमबार, श्रावण २६, २०७७
www.samsararemit.com

मानवीय विपत्तिमा ‘अनकन’को सहयोगी हात

यूएसए नेपाल कम्यूनिटी आउट रिच नेटवर्क ‘अनकन’ले सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका स्थित खागदलमा बाढी पहिरो प्रभावित परिवारलाई खाद्य सामाग्री सहयोग गरेको छ । ‘अनकन’ले  पहिरो प्रभावित २५ घर परिवारलाई काठमाडौं देखि खागदलमै पुगेर  खाद्य सामाग्री सहयोग गरेको हो ।

‘अनकन’को तर्फबाट पत्रकार पर्वतराज घिमिरेले काठमाडौंबाट खाद्य सामाग्री सहित प्रभावित क्षेत्र  वितरण गर्न पुगेका थिए । प्रभावित परिवारलाई स्थानीय जनप्रनिधी बालकष्ण बस्नेतको सहभागितामा खाद्य सामाग्री दाल, चामल, खानेतेल, नून वितरण गरिएको थियो ।  असार २४ गते परेको अभिरल वर्षा पछि आएको पहिरोले खागदलमा २४ घर परिवार विस्थापित भएका थिए ।

‘अनकन’ले कोभिड १९ को महामारीमा पनि नेपालमा मानविय सहयोग गर्दै आएको छ । यस अघि ‘अनकन’ले चिकित्सक, पत्रकार, प्रहरीलाई पीपीई र मास्क सहयोग गरेको थियो । ‘अनकन’मा अध्यक्ष विलास उपाध्याय सञ्चालन समितिका सदस्यहरु अग्नि सञ्जेल, देवेन्द्र शाह, बटुक विष्ट, थलराज पन्त, लक्ष्मी ओली, डा. माया उपाध्याय, समा सञ्जेल सहितको कार्यसमितिको निर्णय अनुसार ‘अनकन’ले मानविय विपत्तिमा  सहयोग गरेको हो ।  ‘अनकन’मा प्रकाश गौतम र नरेश राज पाण्डे सल्लाहाकारको रुपमा आबद्ध छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया