सरकारले गरिब, विपन्न, असहाय र बेवारिसे विरामीका लागि अस्पतालहरूमा शय्या शुल्क नलिने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका ७ ठूला अस्पतालमा गरिब जनताले उपचार गर्दा शय्या शुल्क तिर्न नपर्ने बनाएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतका अनुसार वीर अस्पतालमा ७ सय शय्या नि:शुल्क गरिएको छ।
कोशी अस्पतालमा तीन सय ३०,  परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालमा चार सय ५०, कान्ति बाल अस्पतालमा दुई सय ४८, राष्ट्रिय ट्रमा सेन्टरमा एक सय ५०, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ९०, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा ६० शय्या नि:शुल्क गरिने मन्त्री बस्नेतको भनाइ छ।
यी अस्पतालमा बिरामीले यसअघि प्रतिदिन २ सय रुपैयाँका दरले शय्या शुल्क तिर्नुपर्ने व्यवस्था थियो।
मन्त्रालयले अहिलेका लागि ७ वटा अस्पतालमा गरिबका लागि शय्या नि:शुल्क गरेको र संघीय सरकार मातहतका अन्य अस्पतालमा पनि शय्या नि:शुल्क गर्दै लैजाने तयारी गरेको छ। ७ अस्पतालमा गरी कूल २ हजार २८ शय्या नि:शुल्क गरिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link